Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपा संसदीय दलको बैठक सिंहदरबारमा जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बसिरहेको छ ।

अहिले बिहान ९ बजेदेखि संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने सन्दर्भमा छलफल भइरहेको बतायएको छ ।

अघिल्लो सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ गठबन्धन बनेसँगै सरकारमा सामेल भएको थियो।

प्रतिनिधि सभामा रास्वपाका २१ सांसद छन् । उपप्रधानसहित चार मन्त्रालय लिएर रास्वपा सरकारमा सहभागी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077