Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • रक्सीले मातेका चालकले चलाएको कार पुलबाट खस्यो

    रक्सीले मातेका चालकले चलाएको कार पुलबाट खस्यो

    अनलाइन नेपाल
  • मंगलबार, २९ फाल्गुन २०८०
  • 2K
    SHARES

    दाङ । रक्सीले मातेका एक चालकले चलाएको कार पुलबाट खसेको छ ।

    दाङको घोराहीमा आफूले चलाइरहेको बागमती प्रदेश ०१–०२८ च ९८५५ नम्बरको कार चालकले कटुवा खोला पुलबाट सोमबार राति साढे ९ बजेतिर कार खसालेका हुन् ।



    प्रहरीका अनुसार दुर्घटनामा कार चालक ललितपुर महानगरपालिका १५ बस्ने ४२ वर्षीय उज्ज्वल केसी घाइते भएका छन् । कार अनियन्त्रित भएर पुलबाट खसेको दाङ प्रहरीले जनाएको छ ।



    चालक केसीको निधार र छातीमा चोट लागेको र उनको घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार