Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सत्ता र विपक्षी दलसँग वार्ता गर्न नागरिक उन्मुक्तिले बनायो तीन सदस्यीय समिति

कैलाली । नागरिक उन्मुक्ति पार्टीको संस्थापक केन्द्रीय सदस्यको बैठकले सत्तापक्ष र विपक्षी दलसँग वार्ता गर्न तीन सदस्यीय समिति बनाउने निर्णय गरेको छ ।

पार्टीका संस्थापक उपाध्यक्ष दामोदर शर्मा पण्डितको अध्यक्षतामा बसेको बैठकले दुवै पक्षसँग वार्ता गर्नका लागि पण्डितकै अध्यक्ष संयोजकत्वमा तीन सदस्य वार्ता टोली गठन गरेको हो ।

वार्ता टोलीमा केन्द्रीय सदस्य रामलाल थारू र रमेश विश्वकर्मा रहेका छन् । सो समितिले सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी गर्ने र त्यसका लागि सत्तापक्ष र विपक्षी दलहरूसँग वार्ता गर्ने बताइएको छ । तत्काल कुनै पक्षलाई समर्थन नगर्ने पनि नागरिक उन्मुक्तिको संस्थापक केन्द्रीय सदस्य बैठकले निर्णय गरेको छ ।

पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ अनुपस्थित रहेको बैठकले अहिले नै कसलाई समर्थन गर्ने र नगर्ने विषयमा निर्णय गर्न सकेको छैन । पार्टी अध्यक्ष श्रेष्ठ र पार्टीका संरक्षक रेशमलाल चौधरीबीच गठबन्धन सरकारमा जाने वा नजाने विषयमा विवाद छ ।

कूल ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा निर्णायक शक्तिका रूपमा रहेको नागरिक उन्मुक्ति पार्टीसँग ७ जना प्रदेश सभा सदस्य रहेका छन् । ती ७ मध्ये चार जना मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारमा मन्त्री बनिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077