कपिलवस्तु । सरकारी छाप दस्तखत किर्ते तथा ठगी मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका-१ बस्ने ३३ वर्षीय विकास चौधरी रहेका छन् ।
यशोधरा गाउँपालिका-७ मर्यादपुरबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पक्राउ परेका चौधरीको ३ वर्ष २ महिना १६ दिन कैद भुक्तान गर्न बाँकी रहेको र ३ लाख रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको छ ।
Leave a Reply