Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फागुन ३० गते विश्वासको मत लिने व्यवस्था मिलाउन प्रधानमन्त्रीले पठाए संसदलाई पत्र

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन ३० गते संसदमा विश्वासको मत लिने भएका छन् ।

विश्वासको मत लिने विषय संसदको कार्यसूचीमा राख्न प्रधानमन्त्री प्रचण्डले संसद सचिवालयलाई पत्र पठाएका हुन् ।

उनले प्रतिनिधिसभाको आगामी बैठक तय भएकै दिन विश्वासको मतका लागि व्यवस्था मिलाउन प्रधानमन्त्रीले संघीय संसद्‌ सचिवालयलाई पत्र पठाएको बताइएको छ ।

फागुन २१ गते प्रचण्डले एमालेलगायत दलहरुसँग नयाँ गठबन्धन बनाएपछि यही फागुन २२ मा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

सोही कारण संविधानको धारा १ सयको उपधारा २ अनुसार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

संविधानमा सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिने व्यवस्था छ ।

१४ महिनायता उनले विश्वासको मत लिन थालेको यो तेस्रो पटक हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077