काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र मिटरब्याज पीडितहरूबीच छलफल सुरु भएको छ ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री लामिछानेले विभिन्न जिल्लाबाट आएर काठमाडौंमा आन्दोलन गरिरहेका मिटरब्याज पीडितहरूसँग छलफल थालेका हुन् ।
गृहमन्त्री लामिछानेले मिटरब्याज पीडितहरूलाई बोलाएर आइतबार सवा ५ बजेदेखि छलफल गरिरहेका छन्।
पीडितहरूका समस्या सुन्ने र समाधानका उपायबारे गृहमन्त्री लामिछानेले मिटरब्याज पीडितहरूसँग छलफल गरिरहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलमा गृहमन्त्री लामिछाने, गृहसचिव, गृह मन्त्रालयका उच्च अधिकारी र पीडितका प्रतिनिधि सहभागी छन् ।
Leave a Reply