Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • कर्मचारीलाई प्रधानमन्त्री प्रचण्डको दिर्नेशन – बदलिएको परिस्थिति अनुसार कार्यसम्पादन गर्नू

    कर्मचारीलाई प्रधानमन्त्री प्रचण्डको दिर्नेशन – बदलिएको परिस्थिति अनुसार कार्यसम्पादन गर्नू

    अनलाइन नेपाल
  • आइतबार, २७ फाल्गुन २०८०
  • 465
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बदलिएको परिस्थिति अनुसार तयार हुने ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्न निर्देशन दिएका छन्।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सरकारको न्यूनतम नीति तथा कार्यक्रमअनुसार गतिशील भएर काम गर्न निर्देशन दिएका हुन्।



    प्रधानमन्त्री प्रचण्डले भने,‘बदलिएको परिस्थितीमा आउने नीति तथा कार्यक्रम हाम्रो कार्यालय, यस मातहतका सबै कार्यालयहरू र सिंगो कर्मचारीतन्त्रलाई गाइड लाइन हुनेछ । विगतको कार्यक्रमकै वरीपरी हुनेगरी चाँडै कार्यक्रम आउनेछ । सोहीअनुसार काम गर्नुपर्नेछ।’



    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायको लक्ष्यअनुसारको कार्यसम्पादन प्रगतिसम्बन्धमा मासिकरूपमा छलफल गर्ने, समस्या पहिचान गर्ने र सुधार गर्नेतर्फ विशेष ध्यान दिन जरूरी रहेको उनको भनाई छ ।

    प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवका आयोजना नियमित गर्नका लागि नियमित कार्यतालिका बनाएर अगाडि बढ्ने व्यवस्था गर्न निर्देशन दिए।

    सम्पूर्ण कर्मचारीतन्त्रका लागि प्रधानमन्त्री कार्यालय उदाहरणका रुपमा प्रस्तुत हुनुपनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले विद्यमान प्रगति सन्तोषजनक मान्न नसकिने स्पष्ट पारे।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार