Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्से २२ अंकले बढ्दा २ अर्ब ९२ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्सेले २२ अंकमाथिको वृद्धि भएको छ ।

त्यसो अघिल्लो हप्तादेखि नै उकालो लाग्न थालेको नेप्से सूचक आज २२.१० अंकले बढ्दै २ हजार ५२.६५ अंकमा उक्लिएको हो ।

आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.२६ अंकले बढ्दै ३६४.५३ अंकमा उक्लिएको छ ।

२२ अंकमाथिले नेप्से बढेको यसदिन २ अर्ब ९२ करोड २७ लाख रुपैयाँ माथिको ७० लाख ४३ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।

आज हाइड्रोपावर समूहको उपसूचक बाहेक अरु १२ वटा उपसूचक धनात्मक भएका छन् ।

सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक आज ४.२१ प्रतिशतले बढेको छ भने अरु समूहको उपसूचक २ प्रतिशत कमले बढेका छन् ।

तर हाइड्रोपावर समूहको उपसूचक भने आज ०.१२ प्रतिशतले घट्न पुगेको छ ।

आज वीयन नेपाल लघुवित्त वित्तीय संस्था र जालपा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने चिरखायु हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ७.०६ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077