Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • वाइफाइको नाम युक्रेनको समर्थनमा राखेपछि विद्यार्थीलाई जेल सजाय

    वाइफाइको नाम युक्रेनको समर्थनमा राखेपछि विद्यार्थीलाई जेल सजाय

    अनलाइन नेपाल
  • आइतबार, २७ फाल्गुन २०८०
  • 402
    SHARES

    फाइल फोटो

    एजेन्सी । वाइफाइ नेटवर्कको नाम युक्रेनको समर्थनमा राखेको आरोपमा रुसका एक विद्यार्थीलाई जेल सजाय भएको छ।

    आफ्नो वाइफाइको नाम ‘स्लावा युक्रेन’ राखेका मस्को स्टेट युभिर्सिटीका विद्यार्थीलाई अदालतले १० दिनको जेल सजाय सुनाएको हो।



    रुसको राजधानी मस्कोस्थित अदालतले ती विद्यार्थीलाई विहीबार अदालतले चरमपन्थी संस्थाको प्रतीक प्रदर्शन गरेको आरोपमा सजाय सुनाएको अन्तराष्ट्रिय संञ्चार माध्यमहरुले जनाएका छन् ।

    उनलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको थियो । उनको छात्रावासको कोठाबाट वाइफाइको राउटर र कम्प्युटर लगायतका विद्युतीय उपकरण पनि प्रहरीले बरामद गरेको छ ।

    रुसले युक्रेनमा आक्रमण थालेको करिब दुई वर्ष भइसकेको छ । यसबीचमा रुसी हमलाको विरोध गर्ने र युक्रेनको समर्थन गर्ने हजारौंले जेल वा जरिमानाको सजायँ पाएका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार