Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नागरिक उन्मुक्ति पार्टीमा श्रीमान-श्रीमतीबीच किन भयो विवाद ?

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारमा थप मन्त्री पठाउने निर्णयले नागरिक उन्मुक्ति पार्टीमा विवाद देखिएको छ । मन्त्री पठाउने निर्णयले रेशम चौधरी र पत्नी रन्जिता श्रेष्ठबीचको विवाद सतहमा आएको हो ।

पार्टी संरक्षक रेशमलालको अगुवाइमा प्रदेश सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री पठाइएको थियो । तर कार्यको पार्टी अध्यक्ष रञ्जिताले विरोध गरेकी हुन् । अहिले यही विवादले नागरिक उन्मुक्तिका सांसदहरू दुई समूहमा विभाजित भएका छन् ।

रेशम चौधरीको निर्देशनमा तीन मन्त्रीले शपथ लिएका थिए भने अध्यक्ष रन्जिताले भने पार्टीको निर्देशन विपरित सरकारमा गएको भन्दै मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएकी थिइन् । तर रेशम चौधरीले मन्त्रीहरु फिर्ता नहुने स्पष्ट पारेका छन् ।

प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार राति नागरिक उन्मुक्तिका संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला, खुसीराम डगौरा थारूलाई बिनाविभागीय र इन्दिरा गिरीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा राज्यमन्त्री नियुक्त गरेका थिए । उक्त पार्टीका रामेश्वर चौधरी भने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा कायमै छन् ।

यसअघि भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रहेका नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई भने हटाइएको छ ।नाउपामा निर्वाचित भएका रेशमलाई निर्वाचन आयोगले अवैधानिक ठहर गरेर उनकी श्रीमती रन्जिता श्रेष्ठलाई अध्यक्ष कायम गरिदिएकै समयमा पार्टीभित्र असन्तुष्टि बाहिर आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077