Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्रीको दाबी - सरकारले सुशासन, समृद्धिको अभियानलाई दृढतापूर्वक अघि बढाउँछ

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ गठबन्धन सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानलाई दृढतापूर्वक अघि बढाउने बताएका छन् ।

शनिबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले सरकारको सो अभियानलाई पूरा गराउने गरी पार्टीको तर्फबाट मन्त्री चयन गरिएको बैठकमा बताए ।

प्रधानमन्त्री प्रचण्डले सरकारले अघि बढाएका राम्रो कामको सन्देश जनतामा पुर्याउन पार्टीका सांसदलाई निर्देशन दिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले पार्टीको तर्फबाट सहभागी मन्त्रीले सुशासन र समृद्धिको क्षेत्रमा राम्रो काम गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077