Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रधानमन्त्रीको दाबी – सरकारले सुशासन, समृद्धिको अभियानलाई दृढतापूर्वक अघि बढाउँछ

    प्रधानमन्त्रीको दाबी – सरकारले सुशासन, समृद्धिको अभियानलाई दृढतापूर्वक अघि बढाउँछ

    अनलाइन नेपाल
  • शनिबार, २६ फाल्गुन २०८०
  • 600
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ गठबन्धन सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानलाई दृढतापूर्वक अघि बढाउने बताएका छन् ।

    शनिबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।



    त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले सरकारको सो अभियानलाई पूरा गराउने गरी पार्टीको तर्फबाट मन्त्री चयन गरिएको बैठकमा बताए ।



    प्रधानमन्त्री प्रचण्डले सरकारले अघि बढाएका राम्रो कामको सन्देश जनतामा पुर्याउन पार्टीका सांसदलाई निर्देशन दिए ।

    बैठकमा प्रधानमन्त्री प्रचण्डले पार्टीको तर्फबाट सहभागी मन्त्रीले सुशासन र समृद्धिको क्षेत्रमा राम्रो काम गर्ने विश्वास व्यक्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार