Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रेशम चौधरीको प्रस्ताव - संघीय सांसद र प्रदेश सभा सदस्य घटाऔं

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले संघ र प्रदेशमा सांसदहरूको संख्या घटाउनु पर्ने प्रस्ताव अघि सारेका छन् ।

शनिवार साँझ बुटवलमा पत्रकारहरूसँग कुरा गर्दै नेता चौधरीले सांसद संख्या घटाउनुपर्ने प्रस्ताव अगाडि सारेका हुन् ।

उनले संघीय सांसद संख्या १०० मात्र भए पुग्ने बताए । उनले २७५ सांसद राख्न आवश्यक नभएको टिप्पणी गरे ।

उनले प्रदेशमा पनि घटाउनु पर्ने धारणा राखे । साथै मन्त्री बनाउन पनि निश्चित मापदण्ड तोकिनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077