Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यो सरकारको आयु एक महिना पनि छैन, प्रचण्डको नियतमै खोट छ : मेटमणि चौधरी

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले वर्तमान सरकारको आयु एक महिना पनि नभएको दाबी गरेका छन्।

नेपालले विकसित राजनीतिक घटनाक्रमबारे दलको धारणाबारे साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै सचेतक चौधरीले यस्तो बताएका हुन् ।

उनले प्रचण्ड सरकार नढाले मुलुकले अस्थिरता मच्चिरहने बताए।

सचेतक चौधरीले भने, ‘यो सरकार मुस्किलले टिक्यो भने एक महिना मात्रै हो। अहिले उहाँको कारणले मुलुकमा अस्थिरता मच्चिने काम भइरहेको छ। उहाँकै कारणले, उहाँबाहेक अरू कोही होइन। म हिजोका दिनमा केपी कमरेडप्रति एकखाल्को आलोचन गर्थेँ तर केपी ओलीभन्दा पनि धेरै अस्थिर, गलत मान्छे। आफ्नो कुर्सीका लागि सहकर्मीहरूलाई फेरिराख्छन्, तर आफ्नो कुर्सी जोगाइराख्ने उहाँको प्रवृत्ति छ।’

प्रचण्डको नियतमै खोट भएकाले नयाँ समीकरण अब कुनै हालतमा नटिक्ने उनको जिकिर छ। उनले यो सरकार बेठीक नियतका साथ बनेकाले यसको आयु लामो नरहेको दाबी गरे।

नेता चौधरीले सरकार निरन्तर रूपमा अगाडि बढिरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनलाई घात गरेको आरोप लगाए ।

प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिका कारण देशमा अस्थिरता मच्चिएको पनि उनको दाबी छ ।

नेता चौधरीले प्रधानमन्त्री प्रचण्डको कदम गलत रहेको जिकिर गरे । प्रचण्ड केपी ओलीभन्दा पनि गलत र अस्थिर सिद्ध भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077