Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

    रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

    अनलाइन नेपाल
  • शनिबार, २६ फाल्गुन २०८०
  • 840
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी सोमबार केन्द्रीय समितिको बैठक बोलाएको छ।

    इलाम-२ को उपनिर्वाचन र उम्मेदवार छनोटका विषयमा छलफल गर्न २८ फागुन सोमबारको दिउँसो १२ बजे बैठक बोलाएको हो ।



    एमाले,माओवादी केन्द्र, रास्वपालगायतको गठबन्धन बनेपछि २३ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् ।



    जसमा रास्वपा सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् भने डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

    रास्वपाले सरकारमा सहभागी भइसकेपछि त्यसबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार