काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक केन्द्रीय सदस्यको आकस्मिक बैठक आह्वान गरेको छ।
नाउपाले देशको बदलिँदो राजनैतिक अवस्था लगायत महत्त्वपूर्ण छलफल गर्ने भन्दै २८ गतेको लागी बैठक आह्वान गरेको हो ।
निर्वाचन आयोगले अध्यक्षमा रेशम चौधरीलाई वैधानिकता नदिएपछि पहिलो पटक संस्थापक केन्द्रीय सदस्यको बैठक आह्वान भएको छ ।
सुदूरपश्चिम सरकारमा नाउपा सहभागी भएसङ्गै पार्टी भित्र तीव्र असन्तुष्टि बढेको छ । हिजो काङ्ग्रेस नेतृत्वको सरकारमा नाउपाका तीन जनाले शपथ गरेका थिए ।
पार्टी केन्द्रीय नीति विपरीत उनीहरू सरकारमा गएको भन्दै पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले फिर्ता हुन निर्देशन दिइसकेकी छन् ।
तर प्रदेशमा अहिले सम्म मन्त्री फिर्ता हुने वा समर्थन फिर्ता लिने बारे कुनै निर्णय भएको छैन ।