Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भिजिट भिसामा दुबई जान लागेका एजेन्टसहित चार जना पक्राउ

काठमाडौं । प्रहरीले भिजिट भिसामा दुबई जान लागेका एक एजेन्टसहित चार जनालाई पक्राउ गरेको छ ।

हिमालय एयरलाइन्सको फ्लाइटबाट दुबई जान लागेका चार जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।

घरेलु कामदारको रुपमा काममा लगाउन प्रतिव्यक्ति २ लाख रुपैयाँ लिएर एजेन्टले दुबई पठाउन लागेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका अनुसार पक्राउ परेका चारै जनालाई काठमाडौं उपत्यका अपराधा अनुसन्धान कार्यालयमा अनुसन्धानका लागि पठाइएको छ ।

पक्राउ पर्नेमा एजेन्ट भविलाल थापा र भिजिट भिसामा जान लागेका तेर्‍हथुमकी नेत्रकुमारी गुरुङ, अर्घाखाँचीका हरि उपाध्याय, चितवनका दुर्गा श्रेष्ठ छन् ।

एजेन्टको मोबाइलबाट विगतमा पनि उनले पैसा उठाएर भिजिट भिसामा पठाउने गरेको प्रमाणहरू भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077