Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उत्कृष्ट महिला प्रहरी सहायक हवल्दार र जवान सम्मानित

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा उत्कृष्ट महिला प्रहरी कर्मचारीलाई सम्मान गरेको छ ।

एक कार्यक्रमको आयोजना गर्दै उत्कृष्ट महिला प्रहरी कर्मचारीहरूलाई सम्मान गरेको हो ।

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले संघको कार्यालय भृकुटिमण्डपमा आयोजित कार्यक्रममा उत्कृष्ट महिला प्रहरी कर्मचारीहरू प्रहरी सहायक हवल्दार सविता कार्की र प्रहरी जवान रविना तामाङलाई प्रशंसापत्र प्रदान गरिन् ।

कार्यक्रममा संघकी पदाधिकारीहरू, महिला प्रहरीकर्मचारी तथा परिवार, प्रहरी अधिकृत लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077