Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • सर्वोत्तम सिमेन्टको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

    सर्वोत्तम सिमेन्टको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

    अनलाइन नेपाल
  • शुक्रबार, २५ फाल्गुन २०८०
  • 777
    SHARES

    फाइल फोटो

    काठमाडौं । सर्वोत्तम सिमेन्टको आइपिओ आज बाँडफाँट भएको छ ।

    कम्पनीले बुक बिल्डिङ प्रक्रियाबाट निष्कासन गरेको आइपिओ बाँडफाँट गरेको हो।



    उक्त बाँडफाँटमा गोलाप्रथामार्फत् ५५ हजार ५२१ जनाले सेयर पाएका छन्।



    बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार २६ जनाले ५१ कित्ता र बाँकीले ५० कित्ताका दरले सेयर पाएका हुन्।

    कम्पनीको आइपिओमा ९ लाख ६० हजार ३०१ जनाले आवेदन दिएकोमा १ हजार ३४२ जनाको आवेदन रद्द भएको छ।

    रीतपूर्वक आवेदन दिएका ९ लाख ५८ हजार ९५९ जनालाई गोलाप्रथामा सहभागी गराइएको बिक्री प्रबन्धकले जानकारी दिएको छ।

    कम्पनीले स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको सेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।

    बुक बिल्डिङ प्रक्रियाबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रूपैयाँमा आइपिओ जारी भएको थियो।

    लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार