काठमाडौं । महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्र प्रवेश गर्ने दर्शनार्थीलाई मध्यनजर गर्दै प्रहरी ट्राफिक व्यवस्थापन गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकाका अनुसार शिवरात्रिका दिन पशुपति जाने दर्शनार्थीहरूको भिड बढ्ने भएकोले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सन गरिने भएको हो ।
शुक्रबार गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता अनुसार डाइभर्सन गरिनेछ ।
त्यसैगरी मालवाहक सवारी साधनहरूलाई भने तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चाबहिल, सिनामंगल पुल र बसुन्धाराबाटै डाइभर्सन गरिनेछ।
गौशाला क्षेत्रमा शुक्रबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भूमिका निर्वाह गर्न सम्पूर्ण चालकहरुलाई उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।
सवारी व्यवस्थापन गर्न उपत्यका ट्राफिक प्रहरी कार्यालयले पशुपति क्षेत्रमा ५१३ जना ट्राफिक परिचालन गर्ने भएको छ ।
Leave a Reply