Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • यू–१६ साफ च्याम्पियनसिप : नेपालको पोष्टमा भारतको १० गोल

    यू–१६ साफ च्याम्पियनसिप : नेपालको पोष्टमा भारतको १० गोल

    अनलाइन नेपाल
  • बिहिबार, २४ फाल्गुन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । साफ यू-१६ महिला च्याम्पियनसिपमा लिग चरणको आफ्नो अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा खेलिएको खेलमा भारतले नेपाललाई १०–० गोलले हराएको हो ।



    समूहगत चरणमा नेपालको यो अन्तिम खेल हो । हारसँगै नेपाल उपाधि होडबाट बाहिरिएको छ ।



    भारत र बंगलादेश भने प्रतियोगिताको फाइनलमा पुगिसकेका छन् । समूहगत चरणको अन्तिम खेलमा शुक्रबार बंगलादेशले भुटानको सामना गर्नेछ ।

    समूहगत चरणको आफ्नो पहिलो खेलमा नेपाली टोली बंगलादेशसँग ०–२ गोलले हारेको थियो । समूहगत चरणको आफ्नो दोस्रो खेलमा भने नेपालले भुटानलाई ३–० गोलले हराएको थियो ।

    तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली फाइनलमा पुग्ने प्रावधान छ । नेपालसँगै भुटान पनि उपाधि होडबाट बाहिरिइसकेको छ ।

    भारतविरुद्धको खेलमा नेपालले पहिलो हाफमै ६ गोल खाएको थियो । खेलको दोस्रो हाफमा भारतले थप चार गोल गरेको थियो ।

    प्रतियोगिताको फाइनल खेल आइतबार खेलिने छ । फराकिलो हार व्यहोरेपछि नेपाल फाइनल पुग्न असफल भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार