Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इलाम-२ को उपनिर्वाचनमा सहकार्य नगरौं : सन्तोष परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले इलाम २ को उपनिर्वाचनमा राजनीतिक दलहरुका बीचमा प्रतिस्पर्धा हुन आवश्यक रहेको बताएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक परियारले यस्तो बताएका हुन् ।

प्रमुख सचेतक परियारले भने,‘राष्ट्रिय स्वतन्त्र पार्टी भन्न चाहन्छ– इलामको उपनिर्वाचनमा हामी 'राजनीतिक दलहरु'प्रतिस्पर्धा गरौं, सहकार्य नगरौं।’

एमाले नेता सुवास नेम्वाङको निधनपछि रिक्त भएको इलाम २ मा प्रतिनिधि सभा सदस्यका लागि आगामी वैशाख १५ मा उपनिर्वाचन हुँदैछ ।

रास्वपाले उक्त उपनिर्वाचनमा एक्लै चुनाव लड्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077