Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेयर बजारमा १३ अंकको सुधार, ३ अर्ब १९ करोडको कारोबार

काठमाडौं। सेयर बजार परिसूचक नेप्से आज दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १३.५१ अंकले उकालो लागेर दुई हजार ३० दशमलव ५५ मा पुगेको हो।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९० अंकले उकालो लागेर तीन सय ६० दशमलव २७ मा पुगेको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ ।

कूल ८९ लाख २९ हजार एक सय ५२ कित्ता शेयर ३ अर्ब १९ करोड ९२ लाख पाँच हजार आठ सय २० मूल्यमा कारोबार भयो ।

कारोबारका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको ५६ करोड २० लाख बराबरको कारोबार भयो ।

शिवम् सिमेन्ट १६ करोड ४१ लाख २२ हजार आठ सय ६२, सोनापुर मिनरल्स १३ करोड ४१ लाख ४२ हजार चार सय ८४, मैलुङ हाइड्रोपावर १३ करोड ३७ लाख ७४ हजार तीन सय ६१ र हाथवे इन्भेस्टमेन्टको नौ करोड ७९ लाख ५६ हजार तीन सय ५६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार पिपल्स हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

चिर्खवा हाइड्रोपावर आठ दशमलव ९७, मध्य भोटेकोशी जलविद्युत् कम्पनी छ दशमलव शुन्य आठ, बुद्धभूमि नेपाल हाइड्रोपावर पाँच दशमलव ९६ र हाथवे इन्भेस्टमेन्टका लगानीकर्ताले पाँच दशमलव ६४ प्रतिशतले कमाएका छन् ।

कारोबार भएकामध्ये आज एक सय ७६ कम्पनीको शेयर मूल्यमा वबृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077