Online Nepal
  • आइतबार, २ मंसिर २०८१
  • कांग्रेसलाई माओवादी सचिव दाहालको प्रश्न – राष्ट्रपति निर्वाचनमा प्रचण्डले लगाएको गुन बिर्सनुभयो ?

    कांग्रेसलाई माओवादी सचिव दाहालको प्रश्न – राष्ट्रपति निर्वाचनमा प्रचण्डले लगाएको गुन बिर्सनुभयो ?

    अनलाइन नेपाल
  • बिहिबार, २४ फाल्गुन २०८०
  • 690
    SHARES

    काठमाडौं। नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र दाहालले नेपाली कांग्रेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कदम र अभिव्यक्तिका कारण आतंकित नहुन आग्रह गरेका छन् ।

    प्रतिनिधिसभाको बिहीबारको बैठकमा समय लिएर बोल्दै सचिव दाहालले यस्तो बताएका हुन् । नयाँ सत्ता समीकरण बनाएपछि कांग्रेसले प्रचण्डलाई राजनीतिक बेइमानको संज्ञा दिएको छ ।



    साथै, आफू बाचुन्जेल मुलुकमा उथलपुथल भइरहेको भनी प्रचण्डले दिएका अभिव्यक्तिको पनि जवाफ मागेको छ ।



    सचिव दाहालले भने,‘म स्मरण गराउन चाहन्छु राष्ट्रपतिको निर्वाचनको बेलामा थिए होला नि प्रधानमन्त्रीलाई अर्कै प्रस्ताव । राष्ट्रपतिमा मिलेर गरौं भनेर अहिलेका बहालवाला प्रधानमन्त्रीले गर्नुभएको कोशिश बिर्सनुभयो ?’

    सचिव दाहालले प्रधानमन्त्रीको कदम र अभिव्यक्तिका कारण आतंकित नहुन आग्रह गरे।

    १० पुस २०७९ मा एमालेसँगको गठबन्धनमा प्रधानमन्त्री बनेका प्रचण्डले कांग्रेसको नेतालाई राष्ट्रपति बनाउन खेलेको भुमिका नभुल्न कांग्रेसलाई उनका सुझाव छ ।

    त्यतिबेला प्रधानमन्त्री प्रचण्डसँग अरु पनि विकल्प रहेको भन्दै पौडेलले कांग्रेसलाई गरेको गुन नबिर्सिन आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार