Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • कांग्रेसलाई प्रधानमन्त्री प्रचण्डले भने – आफूसँग हुँदा इमान, अर्कोसँग जानेबित्तिकै बेइमान हुँदैन

    कांग्रेसलाई प्रधानमन्त्री प्रचण्डले भने – आफूसँग हुँदा इमान, अर्कोसँग जानेबित्तिकै बेइमान हुँदैन

    अनलाइन नेपाल
  • बिहिबार, २४ फाल्गुन २०८०
  • 540
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसले आफूलाई राजनीतिक बेइमान भनेकामा असन्तुष्टि जनाएका छन् ।

    बिहीबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।



    प्रधानमन्त्री प्रचण्डले राजनीतिमा केही आशंका पैदा भएपछि गठबन्धन नै बदल्ने अवस्थामा पुगिएको बताए । उनले आफूसँग हुँदासम्म इमान र अरुसँग जानेबित्तिकै बेइमान भन्न नहुने बताए ।



    प्रचण्डले भने,‘मैले कांग्रेसका नेताहरूलाई धन्यवाद पनि दिएको छु, आफूसँग हुँदा इमान, अर्कोसँग जानेबित्तिकै बेइमान भन्ने हुँदैन। यो राजनीतिक परिस्थिति र मुद्दामा निर्भर रहने कुरा हो।’

    उनले राजनीतिमा केही आशंका भएपछि अहिलेको अवस्था आइपरेको बताएका थिए। गत सोमबार उनले कांग्रेससँग सहकार्य तोड्दै नयाँ समीकरण बनाएका थिए।

    आफूले सोच विचार गरेर नै कदम चालेको भन्द उनले आफ्नो कदमलाई इमान र बेइमान भन्दा पनि राजनीतिक मुद्दाका आधारमा हेर्न आग्रह गरे ।

    कांग्रेसले बिहीबार नै संसदीय दल बैठक गरेर प्रधानमन्त्रीले राजनीतिक बेइमानी गरेको निष्कर्ष निकालेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार