Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपा सरकारमा सहभागी हुँदै, स्वास्थ्यमन्त्रीमा यादव पक्का

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ ।

अध्यक्ष यादव उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेर सरकारमा सहभागी हुने भएका हुन् ।

प्रदीप यादव वा नवलकिशोर साहलाई वन मन्त्री र सुशीला श्रेष्ठलाई राज्यमन्त्री बनाउने तयारी छ ।

यद्यपि यसमा अन्य आकाङ्क्षी देखिएपछि निर्णय गर्ने जिम्मा अध्यक्ष यादवलाई दिइएको जसपा स्रोतले जनाएको छ ।

राज्यमन्त्रीको बारेमा पार्टीमा छलफल चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077