Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै

    प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै

    अनलाइन नेपाल
  • बिहिबार, २४ फाल्गुन २०८०
  • 483
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा सम्बोधन गर्ने भएका छन् ।

    आज बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने भएका हुन् ।



    नयाँ सत्ता समीकरण बनाएपछि प्रचण्डले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्न लागेको उनको सचिवालयले जनाएको छ ।



    यसअघि विपक्षमा रहेका दलहरुले कतिपय विषयमा सरकारको जवाफ मागेका थिए ।

    यही फागुन १८ गतेको बैठकमा सभामुख देवराज घिमिरेले संसदमा उठेका विषयहरुमा जवाफ दिन सरकारलाई फागुन २१ गतेको दिन नै तोकेर रुलिङ गरेका थिए ।

    फागुन २१ गते स्थगित भएको बैठक बिहीबार बस्दैछ । यस्तै दलका नेताहरूले पनि प्रतिनिधि सभा बैठकमा बोल्ने कार्यक्रम रहेको छ।

    गत सोमबार प्रधानमन्त्री दाहालले कांग्रेससँगको सहकार्य तोडेर नयाँ समीकरण बनाएका थिए। नयाँ सत्ता गठबन्धन दलहरूबाट २० सदस्यीय मन्त्रिपरिषद बुधबार गठन भई मन्त्रीहरूले शपथ लिएर कार्यभारसमेत सम्हालिसकेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार