Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अपराधीलाई बचाउने नभई समात्ने प्रहरीको प्रमोशन गर्छु : गृहमन्त्री लामिछाने

काठमाडौँ । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो ध्यान शान्ति सुरक्षा र अपराध नियन्त्रणमा रहने बताएका छन् ।

बुधबार राष्ट्रपतिबाट शपथ लिएलगत्तै सिंहदरवार पुगेर मन्त्री लामिछानेले पद बहालीपछि गृहमन्त्रालयमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले आफ्नो मन्त्रालय मातहतका कर्मचारी र आफ्नो समेत कार्यशैलीमा परिवर्तन गर्ने बताउँदै काविल र क्षमतावान कर्मचारीलाई अवसर दिइने बताए ।

अपराधीलाई बचाएर नभई समाएर प्रमोशन गरिने भन्दै उनले आफ्नो ध्यान शान्ति सुरक्षा र अपराध नियन्त्रणमा रहने बताए । साथै देशभर हडपिएको सरकारी सम्पति फिर्ता गर्ने आफ्नो पहिलो काम हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077