Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • गृहमन्त्री रविको निर्देशन – सरकारी जग्गा हडप्नेलाई निर्ममभन्दा निर्मम कारबाही गर्नू

    गृहमन्त्री रविको निर्देशन – सरकारी जग्गा हडप्नेलाई निर्ममभन्दा निर्मम कारबाही गर्नू

    अनलाइन नेपाल
  • बुधबार, २३ फाल्गुन २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सरकारी जग्गा हडप्नेलाई कारबाही गर्न निर्देशन दिएका छन् ।

    बुधबार गृह मन्त्रालयमा पदबहाली गर्दै उनले ७७ वटै जिल्लामा सरकारी जग्गा हडप्नेहरूलाई कारबाही गर्न निर्देशन दिएका हुन् ।



    उनले निवर्तमान उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यकालमा ७७ वटै जिल्लामा सरकारी जग्गालाई फिर्ता ल्याउन गरिएको परिपत्रलाई नै कार्यान्वयन गर्न पहिलो निर्णय गरेको बताए ।



    उनले चाँडोभन्दा चाँडो सरकारी जग्गाहरू फिर्ता ल्याउन समेत निर्देशन दिए। यस्तै गृह प्रशासनमा सरूवा गर्नु नै कारबाही हो भन्ने भाष्यलाई गलत साबित गर्नुपर्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार