Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाटोमा प्रहरीलाई देख्ने बित्तिकै म सुरक्षित छु भन्ने महसुस गराउँछु : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आम नागरिकले बाटोमा प्रहरी अधिकारीलाई देख्ने बित्तिकै म सुरक्षित छु भन्ने महसुस गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बुधबार राति पदभार ग्रहण गरेलगत्तै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले न्याय माग्न मन्त्री भेट्न आउनुपर्ने वातावरणको अन्त्य गर्ने गरी काम गर्ने बताए ।

उनले जे चलिरहेको छ त्योभन्दा फरक गर्न सक्ने विश्वासका साथ गृहमन्त्रालय रोजेको बताए । उनले राष्ट्रका सामू देखिएका चुनौतीको सामना गर्न आफू गृहमा आएको बताए।

उनले भने,‘कानुनले तोकेका कार्य गर्न कसैको निर्देशन लिनु पर्दैन। लिगल काम गर्न कुनै अनुमति लिनुपर्दैन।’ गृह मन्त्रालय २४ घण्टा सक्रिय हुनुपर्ने र जिम्मेवार रहेको मन्त्रालय रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077