Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादीबाट जोशी र बुढा मन्त्री बन्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पनि सरकारमा सहभागी हुने दुई मन्त्रीको नाम पठाएको छ।

समाजवादीले भानुभक्त जोशीलाई संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढालाई सहरी विकास मन्त्रालयमा पठाएको हो ।

उनीहरूलाई पनि आजै साँझ शपथ गराइने छ । यसअघि पार्टीको सचिवालय बैठकले प्रधानमन्त्रीसँग थप छलफलपछि सरकारमा सहभागिताबारे निर्णय लिएको थियो।

लगत्तै बालुवाटार पुगेका अध्यक्ष माधव कुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसालले छलफलपछि मन्त्री बन्ने नेताहरूको नाम बुझाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077