Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तत्काल सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीको घोषणा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले नयाँ सत्ता गठबन्धन सरकारमा सहभागी नहुने बताएका छन्।

अध्यक्ष चौधरीले तत्काल नागरिक उन्मुक्ति पार्टी सत्ता गठबन्धनमा सहभागी नहुने बताएका हुन्। नागरिक उन्मुक्तिको सांसद संख्या थोरैमात्र भएको बताउँदै अहिले नै सरकारमा सहभागी नहुने अध्यक्ष चौधरीको भनाई छ ।

यसअघिको गठबन्धन सरकारमा नागरिक उन्मुक्ति पार्टीकी तत्कालीन अध्यक्ष समेत रहेकी रञ्जिता चौधरी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री थिइन्।

चौधरीले केन्द्रीय समितिको बैठकले नै अहिले सरकारमा सहभागी नहुने निर्णय गरेको बताए।

आफूहरु केन्द्रीय सरकारमा अहिले नगए पनि सुदूरपश्चिम प्रदेशमा दाबी रहेको उनले बताए।

उनले आफ्नो पार्टीले राजनीतिक अवस्थालाई केहि समय हेर्ने र त्यसपछि आवश्यक निर्णय गर्ने पनि धारणा राखे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077