Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले तोके १७ मन्त्रीहरुको मन्त्रालय, कुन पार्टीबाट को भए मन्त्री ?

    प्रधानमन्त्री प्रचण्डले तोके १७ मन्त्रीहरुको मन्त्रालय, कुन पार्टीबाट को भए मन्त्री ?

    अनलाइन नेपाल
  • बुधबार, २३ फाल्गुन २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १७ जना मन्त्रीहरूको कार्यविभाजन गरी शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाएका छन् ।

    सोमबार तीन जनाले विनाविभागीय मन्त्रीको शपथ लिएर चार सदस्यीय मन्त्रिपरिषद् बनेकोमा आज प्रधानमन्त्री प्रचण्डले १४ जना मन्त्री थप गरेका हुन्।



    उनीहरुको कार्य विभाजन गरेर प्रधानमन्त्रीले राष्ट्रपति कार्यालयमा सूची पठाएका छन् ।



    १४ जना मन्त्रीको आजै अपराह्न ५ बजे शपथ हुने तय भएको स्रोतले जनाएको छ ।नेकपा एमालेबाट रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बन्ने भएका छन ।

    यस्तै पदम गिरी कानुन न्याय तथा संसदीय मामिलामन्त्री बन्दा दामोदर भण्डारी उद्योग, ज्वालाकुमारी साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ र राजेन्द्र राई खानेपानी बन्ने गरी कार्य विभाजन भएको छ ।

    जसमा गिरीले यसअघि नै शपथ लिइसकेका छन् । यस्तै माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधान एवम् परराष्ट्र, वर्षमान पुन अर्थ, शक्ति बस्नेत ऊर्जा तथा जलस्रोत, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बन्ने भएका छन् । रेखा पुन: सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा दोहीरिन सफल भएकी छन् ।

    यस्तै रास्वपाबाट रवि लामिछाने उपप्रधान तथा गृह, डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षामन्त्री बन्नेगरी कार्यविभाजन भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार