Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच बालुवाटारमा भेटवार्ता जारी

    प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच बालुवाटारमा भेटवार्ता जारी

    अनलाइन नेपाल
  • बुधबार, २३ फाल्गुन २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच वार्ता भइरहेको छ । उनीहरुबीच बालुवाटारमा भेटवार्ता भइरहेको हो ।

    नयाँ सत्ता गठबन्धनका दलबीच मन्त्रालय भागबन्डा गर्न सकस भइरहेका बेला रास्वपा सभापति र प्रधानमन्त्री प्रचण्डबीच केही बेरअघि देखि छलफल भइरहेको बताइएको छ । उनले गृह मन्त्रालयमा दाबी गरिरहेका छन् ।



    यसअघि एमाले नेतृत्वकै गठबन्धन हुँदा गृहमन्त्री बनिसकेका रवि नागरिकता प्रकरणका कारण पदबाट हट्नुपरेको थियो । सत्तारुढ दलमा भागबन्डाको विषय पेचिलो बनेसँगै मन्त्रालयले पूर्णता पाउन सकेको छैन ।



    गृह, अर्थ, भौतिक, सहरी विकासलगायत मन्त्रालयमा माओवादी, एमाले र रास्वपा तीनवटै दलले आ–आफ्नो दाबी नछाडेपछि मंगलबार साँझसम्म कुनै निर्णय हुन सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार