Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालक अपहरण गर्ने रामदेव पक्राउ

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-१ का ७ वर्षीय बालक अपहरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको धनपुरी गाउँपालिका-३ को ३५ वर्षीय रामदेव ऋषिदेव रहेको छन् । सोमबार दिउँसो १ बजे रामधुनिको झुम्का बजारबाट बालकलाई अपरिचित व्यक्तिले उठाई लगेको सूचना सुनसरी प्रहरीले पाएको थियो ।

खबर पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय पकली र प्रस्तावित इलाका प्रहरी कार्यालय रामधुनीबाट प्रहरी अधिकृतको कमाण्डमा प्रहरीहरू परिचालित गरेर झुम्का भित्री सडक खण्डमा बालकलाई लिएर जाँदै गरेको अवस्थामा बालकको सोमबार मध्यराति सकुशल उद्धार गरिएको थियो ।

उद्धार गरिएका बालकलाई परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका रामदेवलाई मंगलबार जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077