काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेता र कार्यदलको संयुक्त बैठक जारी छ । मन्त्रालयको भागबन्डा मिलाउनेसहितका विषयमा छलफल गर्न सत्ता गठबन्धनबो बैठक बसिरहेको हो ।
बैठकमा मन्त्रालयको भागबन्डा, सरकारको साझा न्यूनतम् कार्यक्रमसहितका विषयमा छलफल भइरहेको बतायउको छ । समीकरण बदलिए पनि बहुमत १३८ भन्दा ४ बढी सांसदको मात्रै समर्थन प्रधानमन्त्रीलाई यसैले १० सिटको नेकपा एकीकृत समाजवादी, ६ सिटको जनमत र ४/४ सिटको लोसपा र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा ल्याउने प्रयत्नमा प्रधानमन्त्री छन् ।
यसबीच राष्ट्रिय सभाको निर्वाचन पनि आएकाले मन्त्रालयको भागबन्डा, सरकारको नीति कार्यक्रम र बलियो बहुमत जुटाएपछि मात्रै पूर्ण आकारमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री छन् ।
मुख्य दलबीच अर्थ, गृहसहितका प्रभावशाली मन्त्रालय कुन दलले लिने भन्नेमा पनि सहमति जुटिसकेको छैन । आइतवार राति कांग्रेससहितको गठबन्धन सरकार टुटेर एमाले, माओवादी, रास्वपा र जसपासहितको नयाँ गठबन्धन सरकार बनेको थियो ।
Leave a Reply