काठमाडौं । नेकपा एमालेको प्रमुख सचेतक महेश बर्तौला बनेका छन्।
एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई प्रमुख सचेतक तोकेका हुन्।
बर्तौला यसअघि सचेतक रहेका थिए । प्रमुख सचेतक पदम गिरी मन्त्री भएपछि संसदीय दलका नेता ओलीले प्रमुख सचेतकमा बर्तौला र सचेतकमा सुनिता बराललाई मनोनयन गरेका हुन् ।
बर्तौला मकवानपुर २ मा नेकपा एकीकृत समाजवादीका विरोध खतिवडालाई पराजित गरेर निर्वाचित भएका हुन् ।
त्यस्तै सुनिता बराल समानुपातिक सांसद हुन् ।