Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रविलाई गणेशको प्रश्न - भ्रष्टाचार काण्डमा जोडिएका सँग कुम जोडेर अब के पाउनुहुन्छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले पार्टी नयाँ सरकारमा सहभागी भएपछि पार्टीलाई असहमति पत्र लेखेका छन् ।

राजनीतिक समीकरण परिवर्तन भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी नेकपा एमालेसँग मिलेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएपछि केन्द्रीय सदस्य कार्कीले असहमति पत्र लेखेका हुन् ।

कार्कीले रास्वपाले बोकेको सबै सिद्धान्तलाई किराना लगाएर वर्तमान सरकारमा जानु कतिको उचित हो ? भनेर पार्टी सभापतिसहितलाई प्रश्न गरेका छन्।

वाचापत्रमा नै लेखिएका मुद्दाहरु ललिता निवास सरकारी जग्गा किनबेच काण्ड, वाइड बडी विमान खरिद काण्ड, कोभिड भ्याक्सिन खरिद काण्ड, यति र ओम्नी काण्ड, प्रिन्टिङ प्रेस खरिदको ७० करोड रुपैयाँ काण्ड लगायतका काण्डहरु अब के हुन्छन् भन्दै पार्टी सभापति रवि लामिछानेलाई प्रश्न गरेका छन् ।

उनले पार्टीको दस्तावेजमा गरेको गत ५ बर्षको राजनीतिक समिक्षा केवल मतदातालाई झुक्याउने प्रपञ्च मात्रै हो भन्दै आक्रोश पोखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077