Online Nepal
  • बुधबार, १० पुष २०८१
  • एकै ओभरमा कुशलले गरे नेदरल्यान्ड्सका दुवै ओपनरलाई आउट

    एकै ओभरमा कुशलले गरे नेदरल्यान्ड्सका दुवै ओपनरलाई आउट

    अनलाइन नेपाल
  • मंगलबार, २२ फाल्गुन २०८०
  • 753
    SHARES

    काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत फाइनलमा नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले नवौं ओभरमा दुई विकेट गुमाएको छ।

    नवौं ओभरमा नेपालका कुशल मल्लले म्याक्स ओुडाउडलाई २२ रनमा दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए। यससँगै नेपालले नेदरल्यान्ड्सको ८३ रनको पहिलो विकेटको साझेदारी तोड्न सफल भएको हो ।



    यहि ओभरको पाँचौं ओभरमा कुशलले माइकल लेभिटलाई ५४ रनमा कप्तान रोहित पौडेलबाट क्याच गराए। नेदरल्यान्ड्सले त्यतिबेला ८.५ ओभरमा ८४ रन जोडेको थियो।



    मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेटको क्षतिमा १८४ रन जोड्यो।

    नेपालका लागि आसिफ शेखले ४७ रन जोडे। तीन रनले अर्धशतक बनाउन चुकेका आसिफ डच बलर माइकल लेभिटको एलबिडब्लूको धरापमा पर्दा ३७ बलमा १ चौका र ३ छक्का प्रहार गरे।

    अर्का ओपनर कुशल भुर्तेलले २० जोडे। उनले १० बलमा १ चौका र २ छक्का प्रहार गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार