Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • मन्त्रालय बाँडफाँडबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै

    मन्त्रालय बाँडफाँडबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै

    अनलाइन नेपाल
  • मंगलबार, २२ फाल्गुन २०८०
  • 570
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नयाँ गठबन्धनको बैठक बोलाइएको छ ।

    मन्त्रालय बाँडफाँडबारे छलफल गर्न गठबन्धन बैठक ३ बजे बोलाइएको हो ।



    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार उक्त बैठकमा मन्त्रिपरिषद् विस्तारबारे पनि दलहरूबीच छलफल हुनेछ ।



    अहिले एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, माओवादी उपमहासचिव वर्षमान पुन, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव रहेको कार्यदलका साथै थप नेताहरू संलग्न भएको बैठक भइरहेको छ ।

    एमाले, माओवादी र रास्वपा एक वर्षपछि एक ठाउँमा भएका छन् भने कांग्रेस सरकारबाट बाहिरिएको छ ।

    अघिल्लो वर्ष १० पुसमा बनेको गठबन्धन भत्किएपछि २५ फागुनको राष्ट्रपति निर्वाचनसँगै कांग्रेस र माओवादीबीच नयाँ गठबन्धन बनेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार