Online Nepal
  • मंगलबार, २९ असोज २०८१
  • पशुपति क्षेत्रमा ५ दिन मासु, मदिरा बेचबिखन तथा सेवन निषेध

    पशुपति क्षेत्रमा ५ दिन मासु, मदिरा बेचबिखन तथा सेवन निषेध

    अनलाइन नेपाल
  • मंगलबार, २२ फाल्गुन २०८०
  • 660
    SHARES

    काठमाडौँ । पशुपति क्षेत्रमा पाँच दिनसम्म मासु र मदिराजन्य पदार्थको कारोबारमा रोक लगाइएको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौँले आगामी शुक्रबार परेको महाशिवरात्री पर्वलाई लक्षित गरेर पशुपति क्षेत्रभित्र चार किल्ला तोकेर बुधबारदेखि मासु, मदिरा र नशालु पदार्थको उत्पादन, सेवन र किनबेचमा प्रतिबन्ध लगाएको हो ।



    काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सूचना जारी गर्दै गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गोशाला तिलंगा चक्रपथदेखि उत्तर र मित्रपार्क उमाकुण्ड गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणभित्रका सबै भागमा मासु र मदिराजन्य नशालु पदार्थ किनबेच र सेवन गर्न नपाइने जानकारी दिए ।



    यस सूचनाविपरीत काम गरेमा कारबाही गर्ने चेतावनी समेत दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार