Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • एकीकृत समाजवादी र लोसपासँग छलफल गर्दै नयाँ गठबन्धन

    एकीकृत समाजवादी र लोसपासँग छलफल गर्दै नयाँ गठबन्धन

    अनलाइन नेपाल
  • मंगलबार, २२ फाल्गुन २०८०
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नयाँ सत्ता गठबन्धनले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादीसँग पनि आज छलफल गर्दैछ ।

    ती दललाई छलफलका लागि मंगलबार दिउँसो दुई बजे बालुवाटार बोलाइएको हो ।



    नयाँ गठबन्धनसँग सहकार्य गरेर जाने सन्दर्भमा कुराकानी गर्न लोकतान्त्रिक समाजवादी र एकीकृत समाजवादीलाई बोलाइएको जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले बताए ।



    नेपाली कांग्रेससँगको सहकार्य तोडेर सोमबार नयाँ सत्ता गठबन्धन निर्माण भएको थियो । अहिलेको गठबन्धनमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, र जनता समाजवादी पार्टी छन् ।

    उनीहरूबीच सत्ता सहकार्यका लागि आठ बुँदे सहमतिसमेत भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार