Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, सरकारमा सभागिताबारे छलफल हुने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ ।

बैठक बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अध्यक्ष माधव नेपाललाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए ।

नेपालले पार्टीभित्र सल्लाह गर्ने जवाफ फर्काएका थिए । प्रचण्डले आज पनि नेपालसँग छलफल गर्ने तयारी गरेका छन् ।

प्रचण्डको प्रस्ताव, सरकारमा सहभागीताबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077