Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • सत्ता गठबन्धनबीच साझा न्यूनतम कार्यक्रम बनाउने सहमति

    सत्ता गठबन्धनबीच साझा न्यूनतम कार्यक्रम बनाउने सहमति

    अनलाइन नेपाल
  • सोमबार, २१ फाल्गुन २०८०
  • 738
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नयाँ सत्ता गठबन्धनका चार दलबीच साझा न्यूनतम कार्यक्रम तयार गर्ने समझदारी भएको छ ।

    सोमबार साँझ बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा नेताहरूबीच सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरूका बीचमा साझा न्यूनतम कार्यक्रम तयार गर्ने सहमति भएको हो ।



    दलहरूबीच भएको सहमति कार्यान्वयनका लागि वर्तमान मन्त्रिपरिषद् पुनर्गठन गरी सहमतिअनुसार नयाँ संयुक्त सरकार गठन गर्ने सहमति भएको छ । यस्तै राष्ट्रिय सभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले लिने सहमति भएको छ।



    दलहरूले मन्त्रिमण्डल आपसी सहमतिका आधारमा बिस्तार गर्ने जनाएका छन् । सहमतिपत्रमा एमालेका अध्यक्ष केपी ओली, माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव र रास्वपाका सभापति रवि लामिछानेले हस्ताक्षर गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार