Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • ४ दलबीच आठ बुँदे सहमति : माओवादीलाई राष्ट्रियसभा अध्यक्ष, एमालेलाई उपाध्यक्ष

    ४ दलबीच आठ बुँदे सहमति : माओवादीलाई राष्ट्रियसभा अध्यक्ष, एमालेलाई उपाध्यक्ष

    अनलाइन नेपाल
  • सोमबार, २१ फाल्गुन २०८०
  • 2.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । नयाँ सत्ता समीकरणका लागि चार दलबिच ८ बुँदे सहमति भएको छ । नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच ८ बुँदे सहमति भएको हो ।

    राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई अझ प्रभावकारी बनाउन तथा मुलुकको सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूका बीचमा सहकार्य आवश्यक रहेको महसुस गरी चार दलको संयुक्त सरकार गठन गर्ने निष्कर्षमा पुगिएको सहमतिपत्रमा उल्लेख छ ।



    रिक्त रहेको राष्ट्रियसभाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उमेदवार र उपाध्यक्षमा नेकपा ९एमाले० का उमेदवार समर्थन गर्ने सहमति भएको छ ।



    यसैगरी सरकारमा सहभागी भएका दलहरूका बीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने भएको छ । बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने सहमति भएको छ ।

    दलहरूबीच सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने सहमतिपत्रमा उल्लेख छ ।

    यस्तै, संक्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुंग्याउने सहमति भएको छ ।

    सहमतिपत्रमा एमालेका अध्यक्ष केपी ओली, माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव र रास्वपाका सभापति रवि लामिछानेले हस्ताक्षर गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार