Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्डको प्रस्ताव - सरकारमा आउनुस्, माधवको जवाफ - छलफल गरेर निर्णय गर्छु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् ।

सोमबार साँझ नारायणकाजी श्रेष्ठलाई साथमा लिएर नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले अध्यक्ष माधवलाई सो प्रस्ताव राखेका हुन् ।

जवाफमा नेपालले पार्टीमा छलफल गरेर निर्णय लिने बताएका छन् । बालुवाटार बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पुग्न समय लाग्ने भएपछि प्रचण्ड कोटेश्वर पुगेका थिए ।

रुघाखोकीबाट सामान्य अस्वस्थ भएका नेता नेपाल केही दिनदेखि घरमै आराम गरिरहेका छन् ।

सोमबार अपराह्न गठबन्धन दलका नेताहरूबीच सरकारमा अरू दललाई पनि सहभागी गराउने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077