Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माधव नेपाललाई फकाउन प्रधानमन्त्री प्रचण्ड र नारायणकाजी कोटेश्वरमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेटेका छन् ।

सत्ता गठबन्धन फेरिएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेट्न प्रधानमन्त्री प्रचण्ड र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेपाल निवास कोटेश्वर पुगेका हुन् ।

नेपाल बिरामी भएर केही दिनदेखि घरमै आराम गरिरहेका छन् । नयाँ सत्ता समीकरण बनेसँगै एकीकृत समाजवादीले पर्ख र हेरको नीति लिएको छ ।

तर प्रचण्ड माधव नेपाललाई पनि नयाँ गठबन्धनमा सामेल गराउने तयारीमा छन् । मन्त्रीहरुको शपथ ग्रहणपछि बालुवाटारमा गठबन्धनको बैठक बसिरहेको छ ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, जसपा अध्यक्ष उपेन्द्र यादव, एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, वर्षमान पुन लगायत छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077