Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डलाई सबै मन्त्रालयको जिम्मा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै मन्त्रालयको जिम्मेवारी लिएका छन् ।

प्रधानमन्त्री प्रचण्डको सिफारिसमा रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् गठन गरी कार्य विभाजन गरेका हुन् ।

प्रधानमन्त्रीले हेर्ने गरी अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिस ऊर्जा, जलस्रोत तथा सिंचाइस कानून, न्याय तथा संसदीय मामिलास कृषि तथा पशुपन्छी विकासस खानेपानीस गृहस परराष्ट्रस भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणस भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक युवा तथा खेलकुदस रक्षास वन तथा वातावरणस शिक्षा, विज्ञान तथा प्रविधिस श्रम, रोजगार तथा सामाजिक सुरक्षास संस्कृति, पर्यटन तथा नागरिक उड्डयनस सङ्घीय मामिला तथा सामान्य प्रशासनस सञ्चार तथा सूचना प्रविधिस सहरी विकास र स्वास्थ्य तथा जनसङ्ख्याको जिम्मा पनि प्रधानमन्त्री दाहालले नै लिएका छन् ।

सरकारमा नयाँ गठबन्धनबाट तीन जनाले शपथ लिए पनि उनीहरूलाई कुनै जिम्मेवारी नतोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । कांग्रेससँगको सहकार्य तोडेर एमाले, रास्वपासहितको नयाँ सत्ता गठबन्धन बनाएका प्रधानमन्त्री प्रचण्डले यसअघिका सबै मन्त्रीलाई पदमुक्त गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077