Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आफ्ना मन्त्रीहरूलाई मन्त्रालयबाट बिदा हुन एकीकृत समाजवादीको निर्देशन

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरुलाई सरकारबाट बिदा हुने निर्देशन दिएको छ।

प्रधानमन्त्रीले नयाँ गठबन्धन बनाएपछि अन्योलमा रहेको एकीकृत समाजवादीले नयाँ मन्त्रीको शपथअघि नै मन्त्रालयबाट बिदा हुन निर्देशन दिएको हो ।

सचिवालय बैठकपछि उपमहासचिव गंगालाल तुलाधरले भने, ‘प्रधानमन्त्रीले हाम्रा मन्त्रीजीहरूलाई के भन्नुभयो त्यो थाहा भएन । तर, हामीले अहिले नयाँ मन्त्रीहरूको शपथअघि नै मन्त्रालयबाट बिदा हुन निर्देशन दिइसकेका छौं ।’

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा नेकपा एसबाट कृषिमन्त्री बेदुराम भुसाल र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला छन् । त्यस्तै नन्दा चपाईँ भौतिकमै राज्यमन्त्री छिन् ।

सरकारमा सहभागी हुनका साथै समाजवादी मोर्चाको एक घटकको रुपमासमेत अहिलेको सत्ता गठवन्धन परिर्वतनको कुरा आफूहरुलाई जानकारी नभएकाले हाललाई अरु कुनै निर्णय नभएको दाबी उनले गरे।

सरकारमा एकीकृत समाजवादीका तीन मन्त्री सहभागी छन्। नेकपा एकीकृत समाजवादीबाट हाल २ मन्त्री र एक राज्यमन्त्री छन्।

पार्टी उपाध्यक्ष समेत रहेका डा बेदुराम भुसाल कृषि तथा पुशपक्षी विकास मन्त्री छन् भने उपमहासचिव प्रकाश ज्वाला भौतिक योजना तथा निर्माण मन्त्री छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077