Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ठोस प्रस्ताव आए सरकारमा जाने एकीकृत समाजवादीको तयारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्रीको संख्या र ठोस प्रस्ताव आए सरकारमा जाने बताएको छ।

समाजवादीलाई पनि सरकारमा ल्याउन प्रधानमन्त्री सकारात्मक भएपछि समाजवादीले उक्त निर्णय गरेको हो ।

तर गठबन्धनको दल एमालेका अध्यक्ष केपी ओलीसँग भने सहमति भइसकेको छैन । यसैले प्रधानमन्त्रीले निर्णय गरिसकेका छैनन्।

पछिल्लो घटनाबारे छलफल गर्न समाजवादीको सचिवालय बैठक बसिरहेको भन्दै ती नेताले गठबन्धनबाट आएको प्रस्ताव अनुसार हुने समाजवादीले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले पनि कम्युनिस्ट दललाई सकेसम्म सरकारमा नछुटाउने नीति लिएका छन् ।

जसपाले सरकारमा समस्या ल्याए समाजवादीलाई ल्याएर पनि गठबन्धनलाई बलियो बनाउने तयारीमा प्रधानमन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077