काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।
पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न जसपाले पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा सोमबार दिउँसो ४ बजे बैठक बोलाएको हो ।
बैठकमा सरकारमा सहभागिता, समसामयिक राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल हुनेछ।
जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बिहान ८ बजे बसेको थियो। थप छलफल गर्न बैठक पुनः बस्न लागेको हो।
नयाँ गठबन्धन अनुसार सोमबार सानो आकारको मन्त्रिपरिषद् गठन हुँदैछ। सत्ता गठबन्धनमा रहने बताएको जसपाले मन्त्रीको नाम भने पठाएको छैन।